माघ १७ गते २०७९, मकवानपुर ।
बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुुमारी मोक्तानसँग बाल संरक्षणसँगै मानव अधिकार स्थापनाका विविध विषयमा नागरिक समाजका सदस्यहरुले छलफल गरेका छन् । सिविन नेपाल, मानव वेचविखन विरुद्ध तथा मानव अधिकार संरक्षण संजाल, माइती नेपाल मकवानपुर, ईन्सेक वागमती, हिमराइट्स मकवानपुर, मकवानपुर महिला समुहलगायतका संघसंस्थाका प्रतिनिधिहरुले मन्त्री मोक्तानलाई उहाँ कै कार्यकक्षमा भेट गरेको हो । नवनिर्वाचित मन्त्री मोक्तानलाई सफल कार्यकालको शुुभकामना दिन पुुगेका नागरिक समाजका सदस्यहरुले प्रदेशमा मानवअधिकार र बाल संरक्षणको अवस्थाका बारेमा जानकारी गराएका थिए । यहीक्रममा प्रदेश बालअधिकार समितिको पुनर्गठनको विषयमा मन्त्री मोक्तानलाई जानकारी गराइएको थियो । ७ जनाको समितिमा अहिले २ जना बाँकी रहेकोले तत्काल समितिको पुनर्गठनको आवश्यकता रहेको तर्फ मन्त्री मोक्तानको ध्यानाकर्षण गराइएको हो । साथै प्रदेशका सबै जिल्लाको प्रतिनिधित्व गर्न आवश्यक रहेको बारे मन्त्री मोक्तानसँग छलफल भएको सिविन नेपालका मकवानपुर जिल्ला कार्यालयका संयोजक झविन्द्र ज्ञवालीले जानकारी दिनुुभयो । मन्त्री मोक्तानले छिट्टै समिति पुनर्गठनकालागि पहल थालिने प्रतिवद्धता जनाउनुु भएको छ ।