माघ २० गते २०७९, काठ्माडौं ।
सी ए सी नेपालको ३० औं बार्षिकोत्सवको अवसरमा सिविन नेपालका कार्यकारी निर्देशक सुम्निमा तुलाधरलाई महाबिरकान्ता अवार्डबाट सम्मानित गरिएको छ । तीन दशकभन्दा अघिदेखि बालबालिकाको अधिकार स्थापनामा पुर्याएको योगदानको कदर गर्दै सिविन नेपालका कार्यकारी अधिकृत तुलाधरलाई सम्मान गरिएको हो । ३० औं बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको विशेष समारोहमा उहाँलाई महाबिरकान्ता अवार्ड ट्रष्टका संस्थापक तथा सीएसीका कार्यकारी निर्देशक तुलसा लता अमात्य तथा वरिष्ठ मानवअधिकारकर्मी दमन नाथ ढुंगानाले सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गर्नुभएको हो ।
सीएसी नेपालले महिलाको आर्थिक सशक्तिकरण, शिक्षाको अधिकार, एचआइभी संक्रमणमा रहेका महिला तथा बालबालिकाको स्वास्थ्य अधिकारलगायतको क्षेत्रमा काम गर्दै आएको छ ।