माघ २७ गते २०७९, काठ्माडौं ।
जलवायु परिवर्तनले बालबालिकाको अधिकार उपभोगमा पारेको असर कम गर्न सरकारको भूमिका बारेमा सातै प्रदेशका किशोरकिशोरीहरु राष्ट्रिय परामर्शमा जुटेका छन् । वातावरणमा आएको ह्रास र बालअधिकारबीचको सम्बन्ध बारे छलफल गर्दै यो सन्दर्भमा बालअधिकार संरक्षणमा राज्यलाई अझ बढी जिम्मेवार बनाउने उद्देश्यले General Comment 26 परामर्श बैठकको आयोजना गरिएको हो । कार्यक्रममा बालबालिकालाई जलवायु परिवर्तन, यसबाट जनजीवनमा पारेको प्रभाव, बालअधिकारसम्बन्धि महासन्धी , General Comment 26 लगायतको विषयमा जानकारी गराइएको थियो । यसपछि सहभागी किशोरकिशोरीले, जलवायु परिवर्तनका असर न्यूनिकरणकालागि स्थानीय, प्रादेशिक र केन्द्रीय तहमा सरकारले अहिलेसम्म गरेका र आउने दिनमा गर्नुपर्ने काम, कार्यक्रमबारे छलफल गरेका थिए । यसैगरी, बालबालिकासँग सम्बन्धित कुनै पनि निर्णय गर्दै बालबालिकासँग अनिवार्य परामर्श गर्नु पर्ने व्यवस्थ्या गर्न सहभागीहरुले माग पनि गरेका थिए । परामर्श भेलामा बालबालिकाले पोस्टर, चित्रलगायतको माध्यमबाट आफ्ना विचार व्यक्त गरेका थिए ।  
सन् २०२१ देखि सन् २०२३ सम्ममा विश्वका विभिन्न मुलुकहरुले जलवायु परिवर्तनबाट बालबालिकाको अधिकार कुण्ठित हुन नदिन खेल्नु पर्ने भूमिका बारे विश्वका विभिन्न मुलुकका बालबालिकाहरुले General Comment 26 अन्तर्गत बालबालिकाको विचार संकलन गर्ने कामहरु गरिरहेका छन् । यसरी नै एसियाली मुलुकमा भएका परामर्शमा बालबालिकाका विचार समेट्ने काम सीआरसी एसियाले गरिरहेको छ । नेपालमा यो परामर्श बैठक सीआसी एसियाको सहयोगमा सिविन नेपालले आयोजना गरेको हो ।   बालबालिकाले अभिव्यक्त गरेका विचार सीआरसी एसियाले संकलन गरेर संयुक्त राष्ट्र संघको बालअधिकारसम्बन्धि कमिटीमा पठाउने छ ।