
फाल्गुण १३ गते, २०७९, विराटनगर ।
“बालबालिका राष्ट्रिय गौरव हुन्” अवधारणालाई सरकारी काम कारवाहीमा कार्यान्वयन गर्ने विषयमा सिविन नेपालको टोलीले प्रदेश नं १ का मुख्य मन्त्री हिक्मत कुमार कार्कीसँग भेट गरेको छ । सिविन–नेपालका अध्यक्ष माधब प्रधान तथा कार्यकारी निर्देशक सुम्निमा तुलाधरले प्रदेश नं १ का मुख्य मन्त्री हिक्मत कुमार कार्कीसँग मुख्यमन्त्री तथा मन्त्रीपरीषदको कार्यालय बिराटनगरमा भेट गर्नु भएको हो । सिविन–नेपालका संस्थापक अध्यक्ष गौरी प्रधानले अगाडि सार्नुभएको “बालबालिका राष्ट्रिय गौरब हुन्” अबधारणालाई कार्यान्वयनको विषयमा सिविनको टोलीले प्रदेश सरकारलाई आग्रह गरेको छ। भेटमा सिविन–नेपालका कार्यकारी निर्देशक सुम्म्निमा तुलाधरले बालबालिका तथा किशोर किशोरीको मानसिक स्वास्थ्य स्वास्थ्यको क्षेत्रमा प्रदेश सरकारसंग मिलेर काम गर्न इच्छुक रहेको कुरा राख्नु भएको थियो । जवाफमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बालबालिका सम्बन्धि नीति तथा कानुन बनाउने क्रममा सिविन–नेपालबाट सुझाबको अपेक्षा राखेको र बालबालिकाको मानसिक स्वास्थ्यको सवालमा काम गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।