फागुन १३ गते २०७९, कैलाली ।
जिल्ला बाल न्याय समितिको आयोजनामा नेपालमा बाल न्याय प्रणालीलाई बलियो र प्रभावकारी बनाउने विषयमा कैलालीमा सरोकारवालाहरु बीचमा छलफल भएको छ । जिल्ला न्यायाधीश ओम प्रकाश अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधिश डा आनन्द मोहन भट्टराईसँगै धनगढी उपमहानगरपालिकाका उपमेयर कन्दकला राना ,बालबालिकाको क्षेत्रमा कार्यरत संघ संस्थाका प्रतिनिधिका साथै पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सरकारी न्यायाधिवक्ताको कार्यालयबाट राजेन्द्र सिंह भण्डारी, कैलाली जिल्ला अदालतमा कार्यरत बालमनोविज्ञ महेन्द्र प्रसाद अवस्थी र जिल्ला न्यायाधीश ओम प्रकाश अर्यालले
छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिएको थियो । बालबालिकाका लागि व्यवस्था भएका न्याय प्रणालीका सबल र कमजोर पक्षका बारेमा कार्यक्रममा छलफल भएको थियो । सँगै जिल्ला बाल न्याय समितिको बैठक आजसम्म बस्न नसकेको विषयमा समेत कार्यक्रममा सहभागीहरुले चासो देखाएका थिए ।