वैशाख २० गते २०८०, काठ्माडौं ।
यौन शोषणका प्रभावितहरुको क्षतिपुर्तिका लागि न्यायमा पहुॅच विषयमा सरोकारवालाहरुसॅगको बैठकमा सहभागीहरुले सरकारकातर्फबाट क्षतिपुर्ति कोष खडा गर्नु पर्ने आवाज उठाएका छन् ।अदालतबाट क्षतिपुर्तिको निर्णय भइसकेपछि पनि कार्यान्वयनमा भएका चुनौतीका बारेमा कार्यक्रममा छलफल भएको हो । कार्यक्रममा सिविन नेपालका कार्यक्रम व्यवस्थापक सागर भण्डारीले यौन हिंसा र बेचविखन प्रभावितको हितमा भएका प्रावधानबारे जानकारी गराउनु भयो । यसैगरी, माइती नेपालकाकानी अधिक्रृत सजनी जोशीले यौन हिंसा र बेचविखन प्रभावितले क्षतिपुर्तिका लागि भएका चुनौतीका बारेमा प्रस्तुती दिनुभयो । शक्ति समुहका कार्यकारी अधिक्रृत बालकुमारी दर्लामीले यौन हिंसा र बेचविखन प्रभावितले क्षतिपुर्तिका लागि पहल थाल्दा बेहोर्नु परेका समस्या बारे घटना विवरण राख्नु भयो । यसैगरी, चाइल्ड सेफ नेटका अध्यक्ष अनिल रघुवंशीले अनलाइन यौन हिंसामा परेकाहरुले क्षतिपुर्तिका लागि उत्साहित हुन सक्ने व्यवस्था ल्याउन अझै काम गर्नुपर्ने धारणा राख्नु भयो । कार्यक्रममा विभिन्न मन्त्रालय, सरकारी निकाय, सुरक्षा निकायका प्रतिनिधि, नागरिक समाज संघ संस्थाका प्रतिनिधि, किशोर किशोरीलगायतको उपस्थिति रहेको थियो ।

