१३ बैशाख २०८०, दोलखा ।
दोलखा जिल्लाकाे कालिन्चाेक गाउँ पालिकाले आयोजना गरेको सांस्कृतिक कार्यक्रमको क्रममा कालिन्चोक गाउँपालिका वडा न २ बाबरेमा मा सिविन दोलखा कार्यालयले बालहेल्पलाइन डेस्क खडा गरी बाल संरक्षण संयन्त्रका बारेमा जनसमुदायलाई जानकारी गराएको छ । हेल्पलाइन डेस्कबाट ९७ जना बालबालिका तथा किशोरकिशोरी र अरु थुप्रै वयस्कले समेत हेल्पलाइन बारे जानकारी लिएको सिविन नेपाल दोलखाका कार्यक्रम अधिकृत सन्तोष विमलीले जानकारी दिनुभएको छ । कालिन्चाेक गाउँ पालिका अध्यक्ष अर्जुन प्रसाद सिवाकोटी लगायतलेसमेत जिल्लामा उपलब्ध बाल संरक्षण संयन्त्रबारे डेस्कबाट जानकारी लिनुभएको थियो । डेस्कबाट, बाल सुरक्षा, संरक्षण, बालबालिकाको अनलाइन सुरक्षा, बालबालिकाको विकास, हेल्पलाइन सेवा लगायतका विषयमा पर्चा, पाम्फ्लेटसँगै मौखिक जानकारी समेत दिइएको थियो ।