जेठ ८ गते २०८०, दोलखा ।
दोलखा जिल्लामा भएको मदिरा न्युनीकरण सम्वन्धी अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले मदिरामा खर्च हुने पैसा बचत गर्ने तथा शिक्षामा लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । विगु गाउँपालिका ४ स्थित वडा समितिको कार्यालयमा भएको कार्यक्रममा समुदायमा आधारित संघसंस्थामा सदस्यहरुले समुदायमा मदिराको प्रयोग, उत्पादन र विक्री वितरणसमेतलाई क्रमश घटाउँदै लाने प्रतिवद्धता जनाएका हुन् । कार्यक्रममा मध्यपान तथा धुम्पान, उत्पादन र बिक्रीवितरण का कारण शारीरिक, पारिवारिक, साँस्कृतिक, धार्मिक र शैक्षिक रूपमा पर्ने असरको बारेमा छलफल तथा अभिमुखीकरण गरिएको थियो ।
सिविन नेपाल र टुकी संघको साझेदारी फोरूर्ट नर्वेको आर्थिक सहयोगमा सञ्चालित ओेसेलिप परियोजनाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा महिला पुरूष ३० जनाको सहभागीता रहेको थियोे ।
अभिमुखीकरण कार्यक्रमको सहजीकरण सिविन नेपाल, दोलखाका शिक्षा तथा सामाजिक अधिकृत बिष्णु सुवेदी , बाल संरक्षण अधिकृत सन्तोष विमलि र सामाजिक परिचालक राजेश थायाले गर्नु भएको हो।
सिविन नेपालले विगु गाउँपालिकाका ५ र कालिञ्चोक गाउँपालिकाका ४ गरी जम्मा ९ वडाहरूमा ओसेलिप परियोजना अन्तर्गत समुदायमा मदिरा न्युनीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।



