जेठ १४ गते २०८०, काठ्माडौं ।
सुरक्षित र सहज डजिटल साक्षरता विषयमा विभिन्न नागरिक समाज संस्थाका प्रतिनिधिहरुलाई लक्षित अभिमुखिकरण कार्यक्रममा अहिलेको समयमा डिजिटल साक्षरताका विभिन्न आयाममा चर्चा भएको छ । अनलाइनमा नागरिक अधिकारको सुनिश्चितता विषयमा भएको अभिमुखिकरण कार्यक्रममा अधिकार सुनिश्चिततामा डिजिटल साक्षरता विषयमा छलफल भएको हो । कार्यक्रममा दुरसंचार प्राधिकरणका पूर्वकार्यकारी निर्देशक आनन्द राज खनालले डिजिटल साक्षरतामा उपलब्ध नयाँ साधन र नयाँ सीपहरुको बारेमा प्रस्तुती दिनुभएको हो । यहीक्रममा अनलाइनमा उपलब्ध सूचना र जानकारीको विश्वस्नियता, साइबर सुरक्षामा भएका चुनौती, नागरिक अधिकारमा इन्टरनेटको प्रयोग लगायतका विषय प्रस्तुतीमा समेटिएको थियो ।
यसैगरी, अहिले कायम डिजिटल विभाजनलाई सम्बोधन गर्ने र चुनौतीलाई हटाएर सबैको पहुँचमा इन्टरनेटबाट हुने फाइदा पुर्याउने विषयमा तीन तह कै सरकारले खेल्नुपर्ने भूमिकाका बारेमा पनि कार्यक्रममा छलफल भएको थियो । सिविन स्पेस बलियो बनाउन डिजिटल माध्यमको प्रभावकारी प्रयोगको बारेमा पनि कार्यक्रममा सहभागीहरुले आ आफ्ना विचार राखेका थिए ।
सेभ ड चिल्ड्ेनको सहयोगमा सिविन नेपालको आयोजनामा कार्यक्रम संचालन गरिएको हो ।







