जेठ १२ गते २०८०, मोरंग ।
बुढिगंगास्थित जनप्रिय माध्यमिक विद्यालयका विद्यार्थीलाई बालविवाहका नाकारात्मक असर तथा बालअधिकारलगायतका विषयमा थप जानकार बनाउन चेतनामुलक कार्यक्रम संचालन गरिएको छ । जनप्रिय माध्यमिक विद्यालयको कक्षा ७ का विद्यार्थी र विद्यालयका शिक्षकहरुबीचमा जिल्लामा बालविवाहको अवस्था, कारण र त्यसबाट बालबालिकाको शैक्षिक, स्वास्थ्य, आर्थिक क्षेत्रमा पर्ने गरेका नकारात्मक असरका बारेमा छलफल गरिएको हो । कार्यक्रममा छिटो विवाहका कारण बालबालिकाले भोग्नु पर्ने यौन तथा प्रजनन् स्वास्थ्य समस्या, बेचविखन र ओसारपसारको जोखिम, आर्थिक विपन्नता, मानसिक समस्याको बारेमा समेत सहभागीलाई जानकारी गराइएको थियो । यसैक्रममा बालहेल्पलाइन १०९८ र बाल हेल्पलाइन मोबाइल एपबारे समेत बालबालिकालाई जानकारी गराइएको थियो । इन्टरन्यासनल चाइल्ड डेभेलपमेन्छ इनिसिएटिभ (ICDI) र Otto per Mille को सहगोगमा सिविन नेपालले आयोजना गरेको कार्यक्रममा सहभागी बालबालिका, अभिभावक र शिक्षकलाई बाल हेल्पलाइन र बालविवाह अन्त्य बारेका पोस्टर पाम्फ्लेटहरु वितरण गरिएको थियो ।