जेठ १९ गते २०२३, मोरंग ।
किशोरीलाई लघु उद्यमशीलताकालागि समाज र वित्तिय शिक्षामा आधारित जीवन उपयोगी सिप सिकाउने उद्देश्यले विराटनगरमा ३ दिने कार्यक्रमको आयोजना गरिएको छ । मोरंगका विभिन्न क्षेत्रबाट आएका किशोरीहरुलाई वित्तिय र अरु सामाजिक विषयहरुमा जीवन उपयोगी सिप सिकाउन आयोजना गरिएको कार्यक्रममा २० किशोरीको सहभागिता रहेको थियो । कार्यक्रम स्थानीय प्रशासनसँगको साझेदारीमा ICDI र Otte per Mille को सहयोगमा सिविन नेपालले आयोजना गरेको हो ।