बालबालिकलाई अन्लाईनमा सुरक्षित बनाउन चाहिने रणनीती बनाउने काममा सरोकारवालाको सुषुप्त रहेको पहिलेकै सन्जाललाई सकृय बनाउने निर्णय संगै बालबालिकामाथि अन्लाईनमा हुने हिंसा र दुर्ब्यबहार बिरुद्धको राष्ट्रिय कार्यशाला टुंगिएको छ । केन्द्रिय बालकल्याण समितिको अगुवाइमा सरोकारवालाको बैठक तत्काल बस्ने निर्णय बैठक्ले गरेको हो । बैठकमा नेपाल दूरसंचार प्राधिकारणले साइबर सुरक्षा हेर्ने टीम बनाइसकिएको जानकारी दिइएको थियो ।

ललितपुरमा गएको बिहिबार “अन्लाईनमा बालबालिकामाथी हुने हिंस र दुर्ब्यबहार्बात सुरक्षा” नामक कार्यशलामा नेपाल दूरसंचार प्राधिकारणले साइबर सुरक्षा हेर्ने टीम बनाइसकिएको जानकारी दिइएको थियो । हामी कहाँँ अहिले भएका ब्यबस्थाहरु साइबर अपराध नियन्त्रणकालागि सहयोगी हुने खालको बनाउन तत्काल काम गर्न आवश्यक रहेको कार्यक्रमका बक्त्ताहरुले बिचार राखेका थिए ।

कार्यक्रमको आयोजना बालबालिका शान्ति क्षेत्र अभियान नेपाल र प्लान ईन्टरनेशनलले संयुक्त रूपमा गरेको हो ।