साउन २५ गते २०८१, पोखरा ।
नेपालमा बालबालिकाको अनलाइन सुरक्षा र अधिकार संरक्षणमा बालबालिकाको दृष्टिकोणबाट तैयार गरिएको स्थितिपत्र एक विशेष कार्यक्रमबीच गण्डकी प्रदेशका प्रहरी नायव महानिरिक्षक दुर्गा सिंहलाई हस्तान्तरण गरिएको छ । बालबालिकाको अनलाइन सुरक्षामा सरकारको प्रतिवद्धता लिने उद्देश्यले प्रदेश स्तरीय कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्, प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, गैरसरकारी महासंघ, पत्रकार महासंघलगायतको उपस्थितिमा स्थितिपत्र प्रहरी नायव महानिरिक्षक सिंहलाई हस्तान्तरण गरिएको हो । अनलाइन रहँदा बालबालिकाले भोग्दै गरेका समस्या, समाधानकालागि सरकारी स्तरबाट बालबालिकाले गरेका अपेक्षा समेटिएर बागमती र गण्डकी प्रदेशका बालबालिका तथा किशोरकिशोरीले स्थितिपत्र तैयार पारिएको हो । कार्यक्रममा उपस्थित विशेष अतिथिहरुले आ आफ्नो स्तरबाट बालबालिकाले प्रस्तुत गरेको स्थितिपत्रमा समेटिएका सुझावहरु पालनाका लागि आफ्नो स्तरबाट काम गर्ने प्रतिवद्धता जनाएका थिए ।










