भदौ ५ गते २०८१, विराटनगर ।
स्थानीय तथा प्रदेश सरकारको नीति तथा कार्यक्रमका साथै बजेट विनियोजनको विषयमा नागरिक समाजसँग आवश्यक छलफल र विमर्शलाई प्राथमिकतामा राख्नुपर्ने, मोरंगमा भएको एक कार्यक्रमका सहभागीहरुले बिचार राखेका छन् । नेपालमा सिविक स्पेश कतिको बलियो भन्ने विषयमा सरोकारवालाहरुसँग छलफलको क्रममा स्थानीय तथा प्रदेश सरकारले नागरिक सहभागितालाई प्राथमिकता नदिएको सहभागीहरुको गुनासो गरेका हुन् । सिविन नेपालले आयोजना गरेको प्रदेश स्तरीय छलफल कार्यक्रममा नागरिक समाजका अगुवा, ज्येष्ठ नागरिकका प्रतिनिधि, मानव अधिकार सञ्जाल विराटनगर, गैसस महासंघ मोरङ, नेपाल अपाङ्ग महासंघ कोशी प्रदेश, नगर बाल सञ्जाल विराटनगरका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सिविन नेपालका वरिष्ठ कार्यक्रम व्यवस्थापक ध्रुव गौतमले, नेपालमा सिविक स्पेशको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागी हुनुभएका विराटनगर महानगरपालिका वडा नं. १ का अध्यक्ष तथा सामाजिक समितिका सभापति काजी बहादुर वस्नेतले महानगरले लिने गरेको दोहोरो करका विषयमा आउने दिनमा नागरिक समाजका प्रतिनिधिसँग छलफल गरिने प्रतिबद्धता जनाउनुभएको बाल हेल्पलाइन् १०९८ मोरंगका संयोजक बासु अधिकारीले जानकारी दिनुभएको छ ।