भदौ ७ गते २०८१, मोरङ्ग ।
“बालबालिका राष्ट्रिय गौरव हुन्” अवधारणालाई सरकारी कामकारवाहीमा कार्यान्वयनमा ल्याउन प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्नु पर्ने, मोरङ्गमा भएको प्रादेशिक छलफल तथा कार्यक्रममा सहभागीहरुले औंल्याएका छन् । कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माको प्रमुख आतिथ्यतामा भएको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले बालबालिकालाई राष्ट्रिय गौरवको दर्जामा पुर्याउन, बजेटलगायत अरु आवश्यक व्यवस्थाकालागि राजनैतिक पहल आवश्यक रहेको विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिती मोरङ्गका उपप्रमुख उषा झा, प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई ,जिल्ला न्यायाधिबक्ता सुबाश भट्टराई,सहित सरकारी तथा सामाजिक क्षेत्रका विभिन्न तहमा कार्यरत ४५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित सरकारी प्रतिनिधिहरुले संविधानले नै बालबालिकाको सुरक्षा, संरक्षणलगायतका विषयलाई सुनिश्चित गरिसकेकोले सबै मिलेर बालबालिकालाई राष्ट्रिय गौरवको दर्जामा पुर्याउन सकेको प्रयास गर्ने प्रतिवद्धता जनाएको बाल हेल्पलाइन १०९८ मोरङ्गका संयोजक बासु अधिकारीले जानकारी दिनुभएको छ । कार्यक्रममा सिविन नेपालका वरिष्ठ कार्यक्रम व्यवस्थापक ध्रुव गौतमले बालबालिका राष्ट्रिय गौरव हुन् अवधारणा बारे स्पष्ट पार्नुभएको थियो ।