विश्वमा बर्षेनी झण्डै दुई लाख व्यक्तिको जलनका कारण मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । यस मध्येका अधिकांश व्यक्ति निम्न आय भएका मुलुकको हुने गरेका छन् । यो संंख्यामा पनि एकदेखि ४ बर्ष मुनिका बालबालिकाको संख्या उच्च रहेको छ । यही सन्दर्भमा सिविन नेपालमा जलन सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरिएको छ । कीर्तिपुर अस्पताल जलन विभागका डा शंकरमान राई र डा किरण नकर्मीले जलनका कारण नेपालमा प्रत्येक बर्ष २२०० व्यक्तिको मृत्यु हुने गरेको छ ।
कार्यक्रममा बालबालिकाको जलनका घटना सबैभन्दा बढी घरमानै हुने गरेको यी मध्येका ८० घटनाहरु रोकथाम गर्न सकिने कार्यक्रममा उपस्थिति चिकित्सकहरुले जानकारी गराउनु भयो । कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बम बहादुर बानियाँ, सदस्य इन्द्रा देवी ढकालकासाथै सिजोपलगायतका संजालका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । प्रत्यक्ष र भच्र्युअल गरी संचालन गरिएको कार्यक्रममा सिविन नेपालका केन्द्रीय कार्यालयका साथै सबै क्षत्रिय कार्यालयका कर्मचारीहरु सहभागी रहेका थिए ।