पनौती नगरपालिका वडा नम्बर २ स्थित फूल्चोकी आधारभुत विद्यालयका ४३ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । सिविन नेपालको सहयोग तथा वडा कार्यालयको सहकार्यमा आवश्यकतामा रहेका जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । विद्यार्थीलाई ट्रयाकसुट, झोला र जुत्ता वितरण गरिएको छ ।

कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारी, सिविन नेपालका भगवती श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश बजगाँई, विद्यालयकी निमिक्त प्रधानाध्यापक विमला नेपाल, शिक्षक अभिभावक संघका अध्यक्ष टंकप्रसाद सापकोटा, सिविन नेपालका विमला बुढाथोकी,बालमैत्री सहजकर्ता सरस्वती आचार्य लगायत शिक्षक, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।

समाचार साभारः फूल्चोकी आधारभुत विद्यालयका ४३ विद्यार्थीलाई सिविनले दियो शैक्षिक सामाग्री – MadaniBeat.com