कात्तिक ९ गते २०८१, काठ्माडौं ।
नगरपालिकामा बालबालिका तथा किशोरकिशोरीको यौन तथा प्रजनन् स्वास्थ्य अधिकारलाई सबल बनाउने विषयमा चन्द्रगिरीका निर्वाचित कर्मचारीहरुका साथै बाल १५ वटै वडाको बाल अधिकार कमिटी सदस्यहरुकालागि कार्यशालाको आयोजना गरिएको छ । बालबालिका र किशोरकिशोरीको यौन तथा प्रजनन् स्वास्थ्य अधिकारबारे नगरपालिकाको विद्यमान अवस्था र भएका कानूनहरुको बारेमा कार्यशालामा संचालन गरिएको हो । कार्यक्रममा नगरपालिकाका १५ वटै वडाका निर्वाचित पदाधिकारीका साथै बाल अधिकार कमिटीका गरी ६५ जनाको सहभागिता रहेको थियो । दुई दिने कार्यशालाको दोश्रो दिन चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीका साथै उपप्रमुख बसन्ती श्रेष्ठ समेत सहभागी हुनुभएको थियो । कार्यक्रम सँगको सहकार्यमा ले आयोजना गरेको हो ।






