मंसिर २६ गते २०८१, काठ्माडौं ।
बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य समस्या पहिचान र उपचारको विषयमा बुढानिलकण्ठ नगरपालिकाका अधिकारी र स्थानीय ५ वटा विद्यालयका प्रधानाध्यापकलाई अभिमुखिकरण गरिएको छ । नगरपालिकाको बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य समस्या पहिचान तथा उपचार र आउने बजेट तथा कार्यक्रममा बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य समस्या सम्बोधनमा बजेट विनियोजन लगायतको उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । सँगै बुढानिलकण्ठ नगरपालिकाका ५ वटा सामुदायिक तथा निजी विद्यालयमा बालबालिकामा हुने
टिक भनिने समस्याको बारेमा अध्ययन गर्ने लगायतको विषयमा अभिमुखिकरणमा छलफल भएको सिविन नेपालका परियोजना अधिकृत सजल मुनंकर्मीले जानकारी दिनुभएको हो । अभिमुखिकरणकालागि सिविन नेपालको नेत्तृत्वमा कान्ति बाल अस्पताल, बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य ईकाईका विशेषज्ञ सहितको टोली त्यसतर्फ गएको थियो ।