पुष १७ गते २०८१, काठ्माडौं ।
कान्ति बाल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र विभागीय प्रमुखहरुलाई तनाव व्यवस्थापनको विषयमा अभिमुखिकरण गरिएको छ । बालबालिकासँग नजिक रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई तनाव व्यवस्थापन बारेमा अभिमुखिकरण गरिएको हो । कान्ति बालअस्पतालका विभिन्न विभागका प्रमुख र स्वास्थ्यकर्मी गरी ६६ जना तालिममा सहभागी रहे । कान्ति बाल अस्पतालको ६३ औं बार्षिकोत्सवको अवसरमा अभिमुखिकरणको आयोजना गरिएको हो । बाल अस्पतालको पहलमा सिविन नेपालको संयोजनमा कार्यक्रम संचालन गरिएको हो ।

