पुष २९ गते २०८१, काठ्माडौं ।
नेपालमा महत्वपुर्ण घटना दर्ता तथा पञ्जिकरणको अवस्थाबारे छलफल गर्न बालबालिका र युवाहरूसँग राष्ट्रिय परामर्श कार्यक्रमको आयोजना गरिएको छ । विभिन्न किशोरकिशोरी क्लब र समुदायको प्रतिनिधित्व गर्दै ३० जना बालबालिका, किशोरकिशोरी तथा युवाहरू समेटेर परामर्श कार्यक्रममा संचालन गरिएको हो । कार्यक्रममा, सहभागीहरूले जन्म, विवाह, मृत्युदर्ता सँगै बसाईं सराईलगायतका घटना दर्ताको आवश्यकता, यी घटना दर्तामा अहिले देखिएका समस्या र ती समस्या समाधानमा सरोकारवालाले खेल्न सकिने भूमिकालगायतको विषयमा कार्यक्रममा सहभागीहरुले सिफारिसहरुसमेत सुझाएका थिए । परामर्शबाट प्राप्त सुझावहरू यस वर्षको जुन महिनामा आयोजना हुने एशिया र प्रशान्त क्षेत्रको पञ्जीकरण तथा महत्वपूर्ण घटना दर्ता सम्बन्धी तेस्रो मन्त्रीस्तरीय सम्मेलनमा समेत प्रस्तुत गरिनेछ।