फागुन २५ गते २०८१, सिन्धुपाल्चोक
सिन्धुपाल्चोकमा विद्यालय तहका शिक्षकहरुलाई बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यको विषयमा प्रशिक्षित गर्न तालिम कार्यक्रमको आयोजना गरिएको छ । हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका विद्यालय शिक्षकलाई बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य अवस्था, समस्या पहिचान र उपचारकालागि सहजिकरण गर्न क्षमता अभिबृद्धि गर्ने उद्देश्यले २ दिने कार्यक्रमको आयोजना गरिएको हो । प्रशिक्षणमा २२ जना विद्यालय शिक्षक सहभागी रहेका थिए । । विद्यालय जाने बालबालिका तथा किशोरकिशोरीमा हुनसक्ने मानसिक स्वास्थ्य समस्याको पहिचान र समाधानमा विद्यालय, अभिभावक र समुदायको सहकार्य बलियो बनाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो । सिविन नेपालले, Woord en Daad को सहयोगमा कार्यक्रमको आयोजना गरेको हो । यो बर्षको अन्त्यसम्ममा सिन्धुपाल्चोकको हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका करिब १५००० बालबालिका तथा किशोरकिशोरीलाई मानसिक स्वास्थ्य बारेमा जानकारी पुर्याउने लक्ष्य लिइएको प्रयत्न परियोजनाका संयोजक सजल मुनंकर्मीले जानकारी दिनुभएको छ । यसकालागि स्थानीय सरकारसँगको सहकार्यमा शिक्षक, अभिभावक, विद्यालय नर्स, बालबालिकासँगै स्थानीय सरकारका पदाधिकारी समेतलाई समयसमयमा प्रशिक्षण दिंदै जाने उद्देश्य लिइएको छ ।


