चैत ८ गते २०८१, पनौती ।
“बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य” विषयमा पनौती नगरपालिकाका ६ वटा वडाका निर्वाचित पदाधिकारी, बालकल्याण अधिकारी लगायतलाई अभिमुखीकरण तालिम दिइएको छ । पनौतीका १२ मध्येका ६ वडाका वडा अध्यक्ष, सचिव, सदस्य, बाल कल्याण अधिकारीका साथै स्थानीय विद्यालयका शिक्षकलगायतलाई बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्यको विषयमा अभिमुखिकरण गरिएको हो । कार्यक्रममा बालबालिकामा हुने विभिन्न खाले मानसिक स्वास्थ्य समस्या, यी समस्याको पहिचान, समस्या देखिएमा उपचारको लागि उपलब्ध सेवाहरुको बारेमा जानकारी दिइएको थियो । सहभागीहरुलाई, मानसिक तनावको बेलामा राहतको लागि गर्न सकिने विभिन्न कसरतहरुको बारेमा समेत जानकारी गराइएको थियो । कार्यक्रममा, पनौती नगरपालिकाका उपप्रमुख गीता बन्जारा प्रमुख अतिथिका रुपमा सहभागी हुनुभएको थियो । फोरुट नर्वेको सहयोगमा सिविन नेपालले, पनौती नगरपालिकाको संयोजनमा आयोजना गरिएको कार्यक्रममा ५० जना सहभागी रहे भने, कान्ति बाल अस्पतालको बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य ईकाईका विज्ञहरुले कार्यक्रममा सहभागीहरुलाई अभिमुखीकरण गर्नुभएको हो ।




