चैत १७ गते २०८१, काठ्माडौं ।
अनलाइनमा हिंसा र दुर्व्यवहारमा परेका बालबालिकाको हेरचाह र पुनर्स्थापनाका संयन्त्रलाई सबलिकरण गर्ने विषयमा सरोकारवालाहरु कार्यशालामा जुटेका छन् । बालबालिकाको अनलाइन सुरक्षालाई बलियो बनाउन संयन्त्र कसरी दीगो र बलियो बनाउने भन्ने विषयमा सरोकारवालाहरु जुटेका हुन् । किशोरकिशोरी, नागरिक समाज संघ संस्थाका प्रतिनिधि, पत्रकार, कानून कार्यान्वयन संयन्त्रका प्रतिनिधि, इन्टरनेट सेवा प्रदायकलगायतका सहभागी रहेको कार्यक्रमले भएका संयन्त्रको पहिचान र त्यसमा आवश्यक परिमार्जन र नयाँ विकासको बारेमा सहभागीहरुले समूहमा छलफल पछि आआफ्नो प्रस्तुती दिएका थिए । कार्यशालाका सहभागीहरुले कानूनमा संशोधन, मानव संशाधन विकास, पाठ्यक्रम विकासलगायतका आवश्यकता औल्याएका थिए । कार्यक्रममा नेपाल दुरसंचार प्राधिकरणका पूर्व निर्देशक आनन्द राज खनालले अहिलेको समयमा अनलाइनमा बालबालिकाको सरक्षाको विषयमा प्रस्तुती दिनुभएको थियो । कार्यक्रम Terres des Hommes सँगको सहकार्यमा सिविन नेपालले आयोजना गरेको हो ।















