चैत २० गते २०८१, काठ्माडौं । World Autism Awareness Day को अवसर पारेर कान्ति बाल अस्पतालको बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य ईकाईले एक विशेष कार्यक्रमको आयोजना गरेको छ । अटिजम स्पेक्ट्रम डिसअर्डर सम्बन्धी जनचेतना फैलाउने, अटिजम् भएका बालबालिकाका परिवारलाई सहयोग गर्नेलगायतको उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । FORUT Norway को सहयोगमा सिविन नेपालले आयोजना गरेको कार्यक्रममा मनोचिकित्सकहरूले अटिजमका चुनौतीहरू, उपचार विधि, र आवश्यक सहयोग प्रणालीहरूको बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा एक अटिस्टिक बालकका अभिभावकले आफ्ना व्यक्तिगत अनुभवहरू साझा गरे, जसमा उनले शिक्षण प्रणाली, सामाजिक सम्बन्ध, र थेरापीहरू सम्बन्धी जस्ता सेवा सुदृध गर्न उपयोगी सुझाव दिएका थिए। यसले अटिजम्का प्रभावसँग जुझिरहेका अन्य अभिभावकहरूलाई सान्त्वना पुगेको थियो ।
कार्यक्रमलाई अझ प्रभावकारी बनाउन अटिजमसम्बन्धी जानकारीमूलक पम्प्लेटहरू वितरण गरिएको थियो ।

