बैशाख ७ गते २०८२, काठ्माडौं ।
पाटन संयुक्त कलेजका प्राध्यापक तथा महिला कर्मचारीहरुलाई बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य र मानवअधिकार विषयमा अभिमुखिकरण गरिएको छ । कलेजको प्राध्यापक तथा कर्मचारी महिला महिला समूहको १० औं स्थापना दिवसको अवसरमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएकोे हो । कार्यक्रममा बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य र त्यससँग जोडिएका मानवअधिकारका मुद्दाको बारेमा सहभागीहरुलाई जानकारी गराइएको थियो । सिविन नेपालेको सहयोगमा कान्ति बाल अस्पतालमा संचालनमा रहेको बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य ईकाईका विज्ञहरुबाट सहभागीहरुलाई बालबालिकाको मानसिक स्वास्थ्य समस्या र समाधानकालागि मुलुकमा संचालनमा रहेका सेवाहरुको बारेमा समेत जानकारी दिइएको थियो ।