बाल यौन दुर्व्यवहारका पीडित बालबालिकाको न्यायमा पहुँचसम्बन्धी विषयहरूमा छलफल गर्न राष्ट्रिय बाल अधिकार परिषद् (NCRC) र सिविन नेपालले, को सहयोगमा, एक उच्च स्तरीय नीतिगत परामर्श कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रममा महान्यायाधिवक्ता, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, प्रहरी प्रशासन, न्यायपालिका, स्वास्थ्यकर्मीहरू, बाल अधिकारमा क्रियाशील संघसंस्थाहरू, र नागरिक समाज लगायतका ५० भन्दा बढी सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।
यस सम्वादमार्फत बाल पीडितहरूका लागि न्याय प्राप्तिमा रहेका चुनौतीहरूको पहिचान, बहुपक्षीय समन्वयको सुदृढीकरण, र बालमैत्री न्याय प्रणालीको प्रवर्द्धनतर्फ एक महत्वपूर्ण कदम अगाडि बढाइएको छ।




