असार ४ गते २०८२, कास्की ।
पोखराको अमरसिंह माध्यमिक विद्यालयमा १० कक्षाको विद्यार्थीलाई कुटपिट गरेका शिक्षक दिपक दहाललाई स्कूलले बर्खास्त गरेको छ । विद्यालयको कक्षा १० मा अध्ययनरत एक छात्रले कक्षा संचालन भइरहेको बेलामा हाँसेको निहुँमा कम्प्युटर शिक्षक दाहालले ती छात्रलाई पिटेको विभिन्न खबर पत्रपत्रिकाहरुले छापेको थियो । विद्यार्थीलाई अनुहारमा हानेको थप्पडले बालकको देब्रे कानको जाली फुटेको थियो । जेठ २४ गते घटनाबारे उजुरी परेको र २५ गते बाल हेल्पलाइन नेपाल १०९८, कास्की, बाल अधिकार समिति, प्रहरीलगायतको टोलीले विद्यालयको अनुगमन गरेको थियो । अहिले विद्यार्थीले शिक्षक दाहाललाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन् भने अनुगमन टोलीले भने विद्यालयमा शिक्षक दाहाल वा अरु शिक्षकहरुबाट पनि के कस्ता दण्ड सजाय दिने गरेको भन्ने बारेमा अनुगमन गर्ने काम भइरहेको बाल हेल्पलाइन नेपाल १०९८ कास्कीका व्यवस्थापक शंकर नेपालीले जानकारी दिनुभएको छ ।