जेठ २८ २०८२, कैलाली
कैलालीको भजनी नगरपालिकाका कर्मचारी स्वास्थ्यकर्मी लगायतलाई बालबालिकाको मानसिक स्वास्थ्य बारेमा अभिमुखीकरण गरिएको छ । नगरपालिकाका कर्मचारी, पालिका भित्रका सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक र स्वास्थ्यकर्मी कान्ति बाल अस्पतालका विशेषज्ञबाट बालबालिकाको मानसिक स्वास्थ्यसँग जोडिएका विषय, समस्या पहिचान, र अवश्यक पर्दा उपलब्ध सहयोगहरुका बारेमा अभिमुखीकरण गरिएको हो । तीन दिनसम्म संचालनमा रहेको कार्यक्रममा ५० बालबालिका, ३० शिक्षक र पालिकाका ४० जना कर्मचारीहरु सहभागी रहे । कार्यक्रममा तनाव व्यवस्थापन, स्वस्थ जीवनशैली लगायतको विषयमा सहभागीहरुलाई जानकारी गराइनुका साथै तनाव व्यवस्थापनका अभ्यासहरु पनि गराइएको, बाल हेल्पलाइन नेपाल १०९८ कैलालीका संयोजक हरिलाल चौधरीले जानकारी दिनुभएको छ ।