२६ मंसिर २०८२ ।
भक्तपुर अस्पताल, दूधपाटीमा स्वास्थ्यकर्मीहरूका लागि एक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा २५ जना नर्स तथा प्यारामेडिक्सको सहभागिता रहेको थियो।
अभिमुखीकरण कार्यक्रममा स्वास्थ्यकर्मीहरूले अस्पतालमा दैनिक ड्युटीका क्रममा सामना गर्नुपर्ने चुनौतीहरूमा केन्द्रित रहेर छलफल गरिएको थियो। सहभागीहरूले आफ्ना अनुभवहरू सक्रिय रूपमा साझा गर्दै तनाव व्यवस्थापन, बिरामीहरूसँग प्रभावकारी रूपमा अन्तरक्रिया गर्ने तथा चुनौतीपूर्ण परिस्थितिमा प्रतिक्रिया दिन सहयोगी हुने व्यवहारिक सञ्चार सीपहरूबारे छलफल गरेका थिए। यस कार्यक्रमले अस्पताल परिवेशमा प्रभावकारी सञ्चार रणनीतिहरूलाई सुदृढ बनाउन छलफल, सिकाइ र अनुभव आदान–प्रदानको महत्वपूर्ण अवसर प्रदान गर्यो।

