पुष ९ गते २०८२ ।
दोलखा जिल्लामा मदिरा नियन्त्रणका असल अभ्यास समेटेएको पुस्तक “मदिरा र समाज”, विगु गाउँपालिकाको सिंगटीमा विमोचन गरिएको छ । ग्रामिण विकास टुकी संघका अध्यक्ष जयप्रसाद दहाल, सिविन नेपालका अध्यक्ष माधव प्रधान, विगु गाउँपालिकाका अध्यक्ष संजिव ओलीले, विगु गाउँपालिकाका उपाध्यक्ष देविका थामी, कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकी लगायतले संयुक्त रुपमा पुस्तक विमोचन गर्नुभएको हो । पुस्तकमा टुकी संघ र सिविन नेपालको संयुक्त पहलमा दोलखा जिल्लामा मदिरा नियन्त्रणका लागि भएका प्रयास र असल अभ्याससहितका सफलताको कथाहरु समेटिएका छन् । कार्यक्रममा, मदिरा नियन्त्रण अभियानमा प्रत्यक्ष संलग्न सरोकारवालाहरुले आ आफ्ना अनुभव राखेका थिए । कार्यक्रममा सहभागीहरुले मदिराको हानीकारण प्रयोगले पारेको सामाजिक, आर्थिक, तथा स्वास्थ्य क्षेत्रमा पारेको प्रभावका बारेमा छलफल गरेका थिए । साथै विमोचित पुस्तकले दोलखा जिल्लामा मदिरा नियन्त्रणमा भएका असल अभ्यासलाई दस्तावेज गरेको र यसले आउने दिनमा नीति निर्माण गर्नुमा सघाउनुका साथै अरु ठाउँकालागि पनि उदाहरण प्रस्तुत गरेको विचार राखेका थिए ।