माघ १४ गते २०८२, पोखरा ।
स्वास्थ्य मन्त्री डा सुधा शर्मा गौतमले पोखरा स्थित बाल हेल्पलाइन नेपाल १०९८ को कार्यालय भ्रमणका क्रममा बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य उपचारकालागि भइरहेका पहलहरु बारे जानकारी लिनुभएको छ । बाल हेल्पलाइनबाट कास्की र अन्य जिल्लाका बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य उपचारकालागि संचालनमा रहेको टेलिमेडिसिन सेवा, परामर्श, रिफरल संयन्त्र लगायतको बारेमा मन्त्री डा गौतमले जानकारी लिनुभएको हो । भ्रमणका क्रममा सिविन नेपालले कास्कीको पोखरामा संचालन गरिरहेको ाबाल हेल्पलाइनमा दर्ता भएका घटना, र समाधानकालागि भएको संयन्त्रको प्रभावकारिताको बारेमा समेत स्वास्थ्य मन्त्री डा गौतमले जानकारी लिनुभएको बाल हेल्पलाइन कास्कीका संयोजक शंकर नेपालीले जानकारी दिनुभएको छ ।

