माघ २५ गते २०८२, काठमाडौं ।
नागरिक सहभागिता प्रवर्द्धन सञ्जाल Civic Space Promotion Alliance को आयोजनामा राजनीतिक दलको घोषणापत्रमार्फत नागरिक सहभागिता प्रवर्द्धनका लागि आवश्यक प्रतिबद्धतासम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तलगायत विभिन्न संसदीय समितिका प्रतिनिधि, राजनीतिक दलहरूका सदस्यहरू तथा नागरिक समाजका प्रतिनिधिहरूको साथै किशोरकिशोरीहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य को क्रममा सिविन नेपालका कार्यकारी निर्देशक कुमार भट्टराईले राजनीतिक दलहरूसँग स्पष्ट प्रतिबद्धता लिनु आवश्यक रहेको उल्लेख गर्दै नागरिक समाजप्रतिको दृष्टिकोण अझ स्पष्ट हुनुपर्ने सन्दर्भ उठाउनुभयो। उहाँले सामाजिक सङ्घ–संस्थाहरू सञ्चालनसम्बन्धी विद्यमान ऐन–कानुनहरूलाई समयानुकूल परिमार्जन तथा अद्यावधिक गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै, नागरिक समाजलाई महत्वपूर्ण विकास साझेदारका रूपमा अगाडि बढाउँदै अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्न राजनीतिक दलहरूले आवश्यक नीति तथा कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। बालबालिकाका मुद्दा, समस्या तथा बालबालिकाको राज्यविहीनताको विषयमा समेत दलहरूले गम्भीर ध्यान दिनुपर्ने धारणा व्यक्त गरिएको थियो।

कार्यक्रममा संघीय संसद सचिवालयका सचिव डा। रोजनाथ पाण्डेले संघीय संसद निर्वाचनका लागि राजनीतिक दलको घोषणापत्रमा नागरिक स्थान प्रवर्द्धनसम्बन्धी विषय समावेश गर्नुपर्ने सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्नुभयो। उहाँले अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण भेला वा विरोध र प्रदर्शन गर्न पाउनुपर्ने अधिकार, कानून निर्माणमा नागरिक सहभागिता, सार्वजनिक निर्णयहरुमा जनताले राय सुझाव दिन पाउनुपर्ने जस्ता अधिकार दलका घोषणापत्रमा सुनिश्चित गरिनुपर्ने सुझाव दिनुभयो । यसैगरी, राष्टि३रय सदाचार प्रवर्द्धन केन्दञ्स्थापना, नागरिक संवाद नियमित र पारदर्शी रुपमा संचालन गर्ने, सबै ऐन कानून लाई नागरिक सहभागिताका दृष्टिमा पुनरावलोकन गर्नेलगायतका कामलाई दलहरुले प्राथमिकतामा राख्नुपर्ने धारणा समेत उहाँले राख्नुभयो ।
छलफलमा सहभागी सबै राजनीतिक दलहरूले आफ्ना तर्फबाट नागरिक सहभागिता प्रवर्द्धनसम्बन्धी मागहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए। यद्यपि केही बुँदामा दलअनुसार फरक मत रहे पनि समग्रमा प्रस्तुत सुझावहरू सकारात्मक र लोकतान्त्रिक अभ्यास सुदृढ गर्ने दिशामा महत्वपूर्ण रहेको धारणा व्यक्त उहाँहरुले व्यक्त गर्नुभयो।