बैशाख २१ गते २०८३, काठमाडौं
काठमाडौं । बालबालिकासँग सम्बन्धित प्रस्तावित संशोधन ऐनहरूबारे सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नागरिक सहभागिता प्रवर्द्धन सञ्जाल, नेपालद्वारा आयोजित कार्यक्रममा राष्ट्रिय सभा तथा प्रतिनिधि सभाका सदस्यहरू, विभिन्न साझेदार संस्था तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
दुई दिने कार्यक्रममा बालबालिकासँग सम्बन्धित प्रस्तावित ऐनहरूका विभिन्न पक्षहरूमा केन्द्रित भई चार छुट्टाछुट्टै शीर्षकअन्तर्गत छलफल गरिएको थियो। छलफलका मुख्य विषयहरूमा बाल संरक्षण र सुरक्षा, बालबालिकामा अपांगता, बाल बेचबिखन तथा ओसारपसार जस्ता महत्वपूर्ण मुद्दाहरू समेटिएका थिए। कार्यक्रममा बालअधिकारसम्बन्धी क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरूले प्रस्तुतीकरण गरेका थिए।
कार्यक्रममा CWIN-Nepal, Blind Youth Association Nepal (BYON), Alliance against Trafficking in Women and Children in Nepal (AATWIN) ले आफ्नो अनुभव, अध्ययन र सुझावहरू प्रस्तुत गरेका थिए।
सहभागीहरूबाट प्राप्त सुझावहरू संकलन गरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पेश गरिने छ।

