काठमाडौं । बाल अधिकारसम्बन्धी महासन्धिको चौथो ऐच्छिक प्रोटोकल OP4 सम्बन्धी अनलाइन परामर्श बैठक सम्पन्न भएको छ। सिविन–नेपालद्वारा आयोजना गरिएको परामर्शमा नेपालका सातै प्रदेशका किशोरकिशोरीहरूको सहभागिता रहेको थियो।

बैठकमा बालबालिकाको निःशुल्क तथा सार्वजनिक पूर्वप्राथमिक र माध्यमिक शिक्षाको अधिकार सुनिश्चित गर्ने उद्देश्यले प्रस्ताव गरिएको इएद्ध सम्बन्धमा जानकारी आदानप्रदान गरिएको थियो। साथै, शिक्षामा रहेका आर्थिक अवरोध, बालबालिकाको पहुँच, सहभागिता तथा अधिकारका विषयमा सहभागी किशोरकिशोरीहरूले आफ्ना अनुभव, धारणा तथा सुझाव प्रस्तुत गरेका थिए।

परामर्श कार्यक्रमले बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा भइरहेको पहलमा नेपाली किशोरकिशोरीहरूको अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।