फागुन २४, २०७४ ।

दोलखा जिल्ला, लादुकस्थित चित्रे माध्यमिक विद्यालय, बालसंरळण नीति लागु गर्ने जिल्लाकै पहिलो विद्यालय बनेको छ । दोलखा भिमसेन मन्दिरबाट ४५ किमी उत्तर पुर्वमा रहेको लादुकमा रहेको यस विद्यालयमा सरोकारवालाको  सहभागितामा गएको फागुन २० गते नीति लागू भएको घोषणा गरिएको हो । विद्यालय बाल संरक्षण नितिमा नीतिको अावश्यकता, बाल संरक्षण नीतिको उदेश्य, उदेश्य पूरा गर्न अपनाइने रणनीति लगायत अभिभावक , शिक्षक , बिद्यार्थी , विद्यालय प्रशासन, समुदायको प्रतिबद्धता सहित ३ ओटा अनुसुचिको उल्लेख गरिएको छ सिविनका कार्यक्रम अधिक ृत सन्तोष बिमलिले जानकारी दिनुभएको छ ।

कार्यक्रममा  बिद्यालय व्यबस्थापन समितिका अध्यळ तारा केसी तथा विद्यालय बाल संरक्षण समिति संयोजक सुदाम केसीले चित्रे माध्यामिक विद्यालय दोलखा जिल्लाकै पहिलो बाल संरक्षण नीति निर्माण गरि लागू गरेको विद्यालय भएको दावी गर्नु भयो ।

यसैगरी, कार्यक्रममा बोल्दै  सिबिन नेपालका अध्यक्ष माधब प्रधानले शैक्षिक सत्र अगाडी नै बाल मैत्री विद्यालयको रुपमा समुदायलाई हस्तान्तरण गर्ने योजना रहेको बताउनु भयो । टुकि सिविन र फोरुट नर्वेको सहयोगमा २ गाउँ पालिकाका ४९ विद्यालयमा बाल संरक्षण नीति लागु गरी बाल मैत्री शिक्षण सिकाई सम्पन्न गर्ने प्रवक्ता कुमार भट्टराईले जानकारी दिनुभयो ।

२०७२ सालको भुइचालोमा भत्केको यो विद्यालय फोरुट नर्वेको सहयोगमा र सिविन नेपालले समुदायकै मद्दतमा पुनः निर्माण भएको हो ।
विद्यालय हस्तान्तरण प्रकृयामा रहेकाे छ ।