चैत १० गते, मकवानपुर ।

४ बर्षअघि हराएर हेटौंडामा फेला परेका बालकको परिवारसँग पुनर्मिलन भएको छ । मकवानपुरको बकैया गाउँपालिकाको माझिखोलास्थित जंगलमा बेवारिसे अवस्थामा फेला परेका बालक संजिव वाइवाको परिवार गएको चैत ७ गते बाल हेल्पलाइन मकवानपुरको सम्पर्कमा आएका हुन् ।

१० बर्षका संजिव वाइवालाई ४ बर्षअघि एक ट्रक चालकले माझिखोलाको जंगलमा सुतिरहेको अवस्थामा फेलापारी इलाका प्रहरी पशुपतिनगरमा जिम्मा दिइका थिए । प्रहरीले, बालकको परिवार खोज्न र संरळणकालागि बाल हेल्पलाइन मकवानपुरको जिम्मा लगाएको हो ।

बालकमा बौद्धिक अपाङ्गता भएकोले शान्ति बहिरा सुस्तस्रवण विद्यालय गौरीटारमा स्थानान्तरण गरिएको बाल हेल्पलाइनले जनाएको छ । छोराको खोजीमा रहेकी बालककी आमाले बालकलाई आफैले िवद्यालयमा भेटाएपछि हकदावीकोलागि आवश्यक कागजातसहित हेल्पलाइनमा बुझाएको हो । आमा भेटिएपछि मात्रै  बालकको वास्तविक नाम खुलेको हो ।  संजिव वाइवा, हेल्पलाइनको रोहबरमा आमा ठूलीमाया वाइवालाई  विद्यालय जिम्मा लगाएको छ ।

परिवारमा फर्के पनि संजिवले विद्यालयमा अध्ययनलाई निरन्तरता दिन सक्ने प्रधानाध्यापक विष्णुप्रसाद लामिछानेले बताउनु भएको छ ।