चैत १६ गते, काठ्माडौं ।

२०७२ सालको भुइचालोले संरचना बलियो बनाउनुको आवश्यकताबारे सचेत बनाएको बिचार भुइचालो प्रभावित जिल्लाका बालबालिकाले राखेका छन् । भुइचालोबाट प्रभावित जिल्लाका बिभिन्न बिद्यालयका विद्यार्थीले बनाएका चित्रको संगालो “विपद्का विम्वहरू” को लोकार्पणमा बिद्यार्थीले भुइचालोको बेलाको आफ्ना अनुभव समेत सुनाएका थिए । पुस्तकको विमोछन गर्दै उपसभामुख शिवमाया तुम्बाहाम्फेले, बालबालिकाले बनाएका िचत्रले धरोहर संरळण प्रति उनीहरुको चासो दर्शाएको बिचार राख्नुभयो । समाजलाई महिलामैत्री बनाउन महिलाकै सक्रियता चाहिनेमा जोड दिनु भयो ।

कार्यक्रममा बोल्दै, LDC Watch का अन्तराष्ट्रिय संयोजक तथा मानव अधिकार आयोगका पुर्व सदस्य गौरी प्रधानले २०७२ सालको भुइचालोले ५० हजारभन्दा बढी कळा कोठामा ळति पुर्याएको उल्लेख गर्दै अबको पुनर्निर्माणमा बालमैत्री, महिलामैत्री, अपाङ्गमैत्री भवनहरु बनाउनु पर्ने औंल्याउनु भयो । बालमैत्री र बाल केन्द्रीत पुनर्निर्माणमा उहाँले बिशेष जोड दिनु भयो ।

यसैगरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक युवराज भुषालले भुइचालोले भत्काएका साढे सात हजार विद्यालयमा, सात हजार विद्यालयको पुनर्निर्माण भइसकेको जानकारी दिनुभयो ।

INHURED Int’l का अध्यळ गोपाल क ृष्ण सिवाकोटीले पुनर्निर्माणका योजनामै बालबालिकालाई सहभागी गराइनु पर्ने बिचार राख्नु भयो । भुइचालोले पिडासँगै प्रगतिको ढोका खोलिदिएको उहाँको भनाइ थियो ।

लोकािर्पत पुस्तक “विपद्का विम्वहरू”मा सय बालबालिकाका चित्र संग्रहित छन् ।