चैत २१ गते, काठ्माडौ ।

बालिका र किशोरीमाथि बढीरहेको बलात्कारका घटनामा सरकारको ध्यानाकर्षण गर्न काठ्माडौमा र्‍याली निकालिएको छ । माइतीघर मण्डलामा भेला भएका सहभागीले झरीमा रुझ्दै  सिट्टी फुक्दै र्‍यालीको शुरुवात गरेका थिए । माइतीघरबाट शुरु भएको र्‍याली नयाँ बानेश्वरमा पुगी टुंगिएको थियो । सहभागीले, बलात्कारका घटना रोक्न सरकारको ध्यानाकर्षणका गराउने नारा लेखिएका प्लाकार्ड बोकेका थिए । माइती नेपालको आयोजनामा भएको र्‍यालीमा बिद्यार्थी, अधिकारकर्मीलगायत सहभागी थिए ।

सिविन बाल हेल्पलाइनको तथ्यांक अनुसार यो बर्ष जनवरीदेखि अहिलेसम्ममा बालिका र किशोरी माथिका १५ वटा बलात्कारका घटना दर्ता भएका छन्, जसमा ५ बर्ष मुनिको १ जना, ६-१० बर्ष उमेर समूहमा ३ जना, ११-१३ बर्ष उमेर समूहमा ४ जना र १४-१६ बर्ष उमेर समूहमा ७ जना छन् ।