२५ चैत, काठ्माडौं ।

क्यानडाली नागरिक पिटर जोन्स् डाग्लिसलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले बाल यौन दूराचारको आरोपमा पक्राउ गरेको छ । काभ्रेको मण्डन देउपुर नगरपालिकामा रहेको निवासबाटै प्रहरीले डाग्लिसलाई पक्राउ गरेको हो । प्रहरी टोली पुग्दा डाग्लिस बालकहरुकै साथमा रहेको जनाइएको छ ।

६० बषिय डाग्लिसले देउपुरमा विपन्न समुदायलाई शिक्षा र खाद्यान्नमा सहयोग गर्ने भन्दै निजी पहलमा हिमालयन कम्युनिटी फाउन्डेसनको स्थापना समेत गरेका छन् ।

२०१६ देखि विश्व स्वाथ्य संगठनमा बरिष्ठ सल्लाहकारको पदमा रहेका डाग्लिसले पैसा, शिक्षा र विदेश भ्रमणको लोभ देखाएर नाबालकहरुसँग यौन दूर्ब्यबहार गर्दै आएको प्रहरीले जनाएको छ ।
डाग्लिस विरुद्ध प्रहरीले कानूनी प्रकृया अगाडि बढाइसकेको छ ।

डेढ बर्षयता बाल यौन दुराचारको आरोपमा पक्राउ पर्नेमा डाग्लिस सातौं विदेशी हुन् ।