५ चैत, काठ्माडौं ।

सरकारले, “बालश्रममुक्त यातायात अभियान २०७५” शुरु गर्दै, सार्वजनिक यातायातमा काम गरिरहेका १६ बर्ष मुनिका १४ बालकको उद्धार गरेको छ । श्रम कार्यालय बाग्मती, केन्द्रीय बाल कल्याण समिति र बालअधिकार संरक्षणको क्षेत्रमा काम गरिरहेका संघसंस्था, प्रहरी र मनोपरामर्शदाता सम्मिलित टोलीले अभियानको पहिलो दिन रत्नपार्क बसपार्कबाट बालकहरु उद्धार गरेको हो । उद्धार गरिएका बालकलाई तत्कालका लागि विभिन्न बाल संरक्षण गृह पठाइएको छ । बालक सहचालक राख्ने सवारीचालकलाई भने श्रम कार्यालयमा हाजिर हुन पुर्जी काटिएको छ ।

अभियान अन्तर्गत पहिलो दिन १८४ सवारीसाधनको अनुगमन गरी चेतनामुलक स्टीकर समेत टाँसिएको छ ।

यहीक्रममा लगातार पाँच दिनसम्म कोटेश्वर, लगनखेल, स्वयम्भू बसपार्कमा बालक सहचालकको उद्धार गरिने सिविन नेपालद्धारा संचालित बाल हेल्पलाइन १०९८ का मनोविमर्शकता हिरादेवी खतिवडा बताउनु हुन्छ ।

उद्धार गरिएका बालकको पारिवारिक पुनर्मिलन गराउने अहिलेको पहिलो प्राथमिकता रहेको श्रम कार्यालय बागमतीका प्रमुख उदय कुमार गुप्ताले जानकारी दिनुभएको छ ।
बालश्रम ( निषेध र नियमित गर्ने) ऐन २०५६ मा बालबालिका श्रमिकको रुपमा काममा लगाएमा एक बर्ष कैद वा ५०,००० रुपैंया जरिवान वा दुबै सजाय हुने ब्यव