दोलखा, जेठ १५ गते ।

जनकल्याण  अाधारभूत विद्यालय, विद्यालय  बाल संरक्षण नीति घोषणा गर्ने  दोलखाको तेस्रो विद्यालय बनेको छ । कालिन्चोक गाउँपालिका प्रमुख बिनकुमार थामीको  प्रमुख अातिथ्यतामा लामिडाँडामा भएको कार्यक्रममा बाल संरक्षण निति घोषणा गरिएको हो । विद्यालय व्यबस्थापन समितिको जेठ६ गते बसेको बैठकले गळलत, सर्वसम्मतिबाठ पारित गरेको हो । 

विद्यालयले शिक्षक, अभिभावक र बिद्यार्थीबिच छलफल गरी , बाल संरक्षण समिति गठन गर्नुका साथै अनुगमन समिति समेत गठन गरेको हो । गाउँ पालिका प्रमुख बिनकुमार थामिले नीति लागू भएकाे नभएकाे अाफुले अनुगमन गर्ने प्रतिबद्धता समेत ब्यक्ति गर्नु भयो ।भुइचालोमा भत्केको विद्यालय, टुकि सिबिनले पुनर्निर्माण गरी हस्तान्तरण प्रकृयामा रहेको छ ।

विद्यालय बाल संरक्षण नीतिमा निम्न पक्ष समेटिएका छन्:

विद्यालय तथा बाल संरक्षण नीतिको  पृष्ठभूमि,

नीतिको आवश्यकता,

बाल संरक्षण नीतिको उदेश्य, 

उदेश्य पूरा गर्न आवश्यक रणनीति आदी । 

टुकी सिविन र फोरुट नर्वेको सहयोगमा २ गाउँ पालिकाका ४९ विद्यालयमा बाल संरक्षण नीति लागू गरी बाल मैत्री  शिक्षण सिकाई सम्पन्न गर्ने योजना रहेको छ ।   विद्यालयको शैक्षिक सामग्री , डेकस बेन्चलागयत बाँकी काम सम्झौता अनुसार हुँदै गरेको जानकारी टुकी सिविनले दिएको छ ।

स्रोत शिक्षक शेषनाथ अाचार्य, इलाका  प्रहरी कार्यलय प्रतिनिधि प्रहरी नायब निरिळक बैद्यनाथ साह, सिबिन नेपाल बाल संरक्षण अधिकृत  सन्तोष बिमली लगायतको उपस्थिति रहेको कार्यक्रम, विव्यस अध्यक्ष डबल बहादुर थामिको अध्यक्षतामा भएको हो ।