लैङ्गिकताको आधारमा हुने हिंसा र हानीकारक परम्परागत अभ्यासमा कमी ल्याउन सिविन नेपालको आयोजना र प्लान इन्टरनेशनलको सहकार्यमा हेटौंडामा २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बालिका वकालत संजाल कार्यक्रम अन्र्तगत आर्थिक सशक्तिकरणका लागि पैरवी गर्ने, नीति नियमको प्रभावकारी कार्यान्वयन लगायतका विषयमा धार्मिक अगुवाको पहलकालागि कार्यक्रम संचालन गरिएको सिविन बालहेल्पलाइनका जिल्ला संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।

कार्यक्रममा बालविवाह, यौन दुब्र्यवहार, बोक्सी प्रथा, छाउपडी प्रथा लगायतका समाजिक कूरीति अन्त्यमा धार्मिक संजालको परिचालनमा केन्द्रित रहेर प्रशिक्षण भएको अन्तर धार्मिक संजालकी कार्यक्रम संयोजक नाहिदा वानुले बताउनु भयो ।
कार्यक्रममा, धर्ममा लैंिगक हिंसा विरुद्धमा भएका ब्यवस्था बारे छलफल भएको थियो । धार्मिक अगुवाहरुले पनि विवाह गराउँदा अनिवार्यरुपमा नागरिकता तथा जन्मदर्ता हेरेर मात्र विवाह गराउनु पर्ने विषयमा धार्मिक अगुवाहरुले प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा, जिल्लास्तरिय संजालबाट १५ जना र मनहरी गाउँ पालिका स्तरको संजालबाट ८ जना गरी २३ जना धार्मिक अगुवाको सहभागिता थियो ।