किर्तिपुर नगरपालिकालाई आउने जुन १२ सम्ममा पूर्ण बालश्रम मुक्त बनाउने नगर प्रमुख राजेन्द्र महर्जनले प्रतिबद्धता जनाउनु भएको छ । बालश्रम विरुद्धको विश्व दिवसको अवसरमा “किर्तिपुरमा भएको जोखिमपूर्ण बालश्रम रहित किर्तिपुर नगरपालिका निर्माणमा सरोकारवालाको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख महर्जनले नागरिक समाज र संघसंस्थाको भूमिकामा जोड दिनु भयो ।

कार्यक्रममा सहभागी सरोकारवालाहरुले तुलनात्मक रुपमा किर्तिपुर नगरपालिकामा बालश्रम निक्कै कम भएको औंल्याउँदै, नगरबाट उद्धार गरिएका बालश्रमिक अन्यत्र श्रमका लागि नसरोस् भन्नेमा विशेष ध्यानदिनु पर्ने बताएका छन् ।

नागरिक संघसंस्थाको प्रतिनिधित्व गर्दै सिविन नेपालले किर्तिपुर नगरपालिकालाई बालश्रममुक्त बनाउन हुने सबै काममा सक्दो सहकार्य रहने प्रतिवद्धता जनाएका छन् ।