नेपाललाई ७ बर्ष भित्रमा सबै किसिमका बालश्रमबाट मुक्त गर्ने उद्देश्य साथ नेपाल सरकार अगाडि बढिरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताउनु भएको छ । बालश्रम विरुद्धको विश्व दिवसको अवसरमा भएको कार्यक्रममा बोल्दै मन्त्री विष्टले यो काममा नागरिक समाज र संघसंस्थाको सहयोग अपरिहार्य रहेको उल्लेख गर्नु भयो ।

यसैक्रममा आउने दिनमा बालश्रम बिरुद्धको दिवस मनाउनै नपर्ने वातावरण निर्माणमा सबै लाग्नु पर्ने सरोकारवालाले विचार राखेका छन् ।

दिवसको अवसरमा काठ्माडौंको बसन्तपुरमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा दलका नेता, कार्यकर्ता, विद्यार्थी, नागरिक समाज, संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा बालश्रम विरुद्ध चेतना जगाउन, कचहरी सडक नाटक समेत देखाइएको थियो ।