किर्तिपुरका बालबालिकाले आफूले देख्न चाहेको किर्तिपुरको स्वरुप चित्रमा उतारेका छन् । मैले खोजेको किर्तिपुर शिर्षकमा भएको किर्तिपुरको वडास्तरिय बाल चित्रकला प्रतियोगिताका सहभागी बालबालिकाले आफूले हेर्नचाहेको नगरको परिकल्पना चित्रमा उतारेका हुन् ।

बालक्लब संजालको वडा नम्बर २ ले आयोजना गरेको प्रतियोगितामा वडा नम्बर १० का कुमार मोक्तान पहिलो, वडा नम्बर ८ का निलिन महर्जन दोश्रो र वडा नम्बर २ का एरिस महर्जन तेश्रो हुनुभएको छ । कलाकार सरिता डंगोल र प्रमिला बज्राचार्य निर्णायक रहनु भएको प्रतियोगितामा १२ देखि १८ बर्ष उमेर समूहका ३० बालबालिका सहभागी रहे ।

कार्यक्रमको आयोजना सिविन नेपाल र वल्र्ड भिजन इन्टरन्यासनल नेपालले संयुक्त रुपमा गरेको हो ।