किर्तिपुरमा भएको बाल भेलाले नगर परिषदको बैठकमा प्रस्तुत गर्न बालबालिकाका योजना र मुद्दाको छनौट गरेका छन् ।

किर्तिपुर नगरका ५० बालबालिका सहभागि रहेको बैठकले जीवन उपयोगी सिप, नेतृत्व विकास तालिम, दुर्ब्यबहार र हिंसा विरुद्ध अभिमुखिकरण कार्यक्रम, बालश्रम मुक्त नगर बनाउन योजना, वडास्तरिय बाल उद्धार कोष स्थापना, वडास्तरिय र नगरस्तरिय बालभेला आयोजनाका लागि आवश्यक बजेट विनियोजन लगायतका कार्यक्रम परिषदको बैठकमा प्रस्तुत गर्ने तैयारी गरेका हुन् ।

सिविन नेपाल र वल्र्ड भिजन इन्टरन्यासनल नेपालको संयुक्त आयोजनामा बाल भेला भएको हो ।