सिबिन नेपाल र बालिका दुलही हैनन् संन्जालको आयोजनामा बर्दिया जिल्लाको गुलरियामा बालबिबाह अन्त्यका लागी अन्तरपुस्ता सम्बाद गरिएको छ । बालबालिकाले, जिल्लाका बिभिन्न सरोकारबाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा बालबिबाह, बालअधिकार, दाइजो प्रथा, बालिका हिंसा, भागी बिबाह मागी बिबाह लगायतको विषयमा छलफल गरेका थिए । गुलरिया नगर पालिकाका उपमेयर सुशीला गिरी, जिल्ला सम्न्वय समितिका कृष्ण पाण्डेलगायतको उपस्थिति रहेको कार्यक्रममा ६४ बालबालिकाको सहभागिता थियोे ।