भारतको कटिहारबाट ४ बालकको उद्धार गरिएको छ । केन्द्रीय बाल कल्याण समिति, सिविन नेपाल र जिल्ला बाल कल्याण समितिको पहलमा बालकहरुको उद्धार गरिएको हो । कटहरीका सुनिल कुमार मण्डल र मुकेश पाशवान, विराटनगर बरगाछीका सुमन तामा र विराटनगरका सौरभ सापकोटाको उद्धार गरिएको सिविन नेपालका कार्यक्रम संयोजक वाशुदेव अधिकारीले जानकारी दिनुभयो ।

उद्धार गरिएका बालकमा कोही आफै घरबाट भागेर भारत पुगेका हुन् भने कसैलाई प्रलोभनमा पारेर भारत पुर्याइएको खबरमा उल्लेख छ । उद्धार गरिएका बालबालिकालाई परिवारको सम्पर्कमा पुर्याइएको छ ।