मितिः २९ भाद्र २०७९
प्रेस विज्ञप्ति
सन्दर्भः ५८औं राष्ट्रिय बाल दिवस २०७९
“बालबालिका राष्ट्रिय गौरव हुन् ः बालअधिकारको सम्मान गरौं ।”
‘बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ नाराका साथ मुलुकभर ५८औं राष्ट्रिय बालदिवस मनाइँदै गरेको पूर्वसन्ध्यामा सिविन–नेपालका तर्फबाट सम्पूर्ण नेपाली बालबालिकाहरूको सुस्वास्थ्य एवम् दीर्घायुको कामना गर्दछौं । “बालबालिका राष्ट्रिय गौरव हुन्” भन्ने सोचले सबैतिरबाट स्वीकारोक्ति पाइरहँदा यस वर्षको राष्ट्रिय बालदिवसका लागि तय गरिएको नारा निकै अर्थपूर्ण महशुष गरिएको छ । बालबालिकाको संरक्षणको सवाल थप जटिल बन्दै गएको आजको अवस्थामा उनीहरूको सर्वोपरी विकास र उत्थानका लागि सबैभन्दा पहिले परिवार नै जिम्मेवार हुनुपर्दछ र सँगसँगै बालबालिका प्रति उत्तरदायी सरकार हुनु पर्दछ । यसमा पनि बालबालिकाको संरक्षण र विकासका लागि स्थानीय सरकारको विशेष भूमिका रहेको कुरा स्मरणीय छ ।
बालबालिकाको अधिकार संरक्षण र प्रवद्र्धनका लागि परिवार र सरकारका साथसााथै समाजमा विद्यमान सरोकारवालाहरूको पनि उत्तिकै भूमिका रहने सन्दर्भमा “बाल अधिकार सबैको सरोकार“को विषय हो भन्ने तथ्यलाई बिर्सनु हुँदैन । यसरी बालबालिकाहरूलाई राष्ट्रिय गौरवका रूपमा सम्मान दिन र स्थापित गराउनका लागि सबैतिरबाट उनीहरूको विषय उठान गर्दै बालबालिकाको अधिकार प्रत्याभुतिको निम्ति नीति, बजेट बिनियोजन तथा बालसंक्षणका संरचनाहरुको सुनिश्चितता गर्दै बालअधिकारको सवाललाई विकासको मूलधारमा ल्याउनु पर्दछ ।
यसक्रममा कैयौं नेपाली बालबालिकाहरू आज पनि यौनहिंसा, बालश्रमशोषण लगायत विभिन्न प्रकारका शोषण र उत्पीडनमा परिरहेका छन् । बालबालिकालाई सबै प्रकारका हिंसा तथा शोषणबाट जोगाउन परिवार, समुदाय, सबै तहका सरकार, नीजि क्षेत्र एवं नागरिक समाजले एकजुट भई सशक्त कार्यक्रमहरु सञ्चालन गर्नु पर्दछ । यस प्रक्रियामा बालबालिका तथा किशोरकिशोरीहरुको सहभागिताको समेत सुनिश्चितता हुनु पर्दछ ।
हाम्रा सबै बालबालिकाहरूको गुणस्तरीय सार्वजनिक शिक्षा तथा स्वास्थ्यमा सहज पहुँच हुनुपर्दछ र यसका लागि सरकारको विशेष ध्यान पुग्नु पर्दछ । स्वस्थ्य बालबालिका भएर समाजमा सहभागी हुँदै हुर्कने र बढ्ने हुनका लागि उनीहरूको मानसिक स्वास्थ्यमा ध्यान दिन जरुरी छ । अनलाइन इन्टरनेटको सदुपयोग हुन नसक्नु, पारिवारिक तथा वातावरणीय प्रभाव लगायतका कारणहरूबाट बालबालिकाको मानसिक स्वास्थ्यमा नकरात्मक असर परिरहेको र उनीहरूमा जोखिमता थपिइ रहेको अवस्थामा यसतर्फ पनि सम्पूर्ण सरोकारवालाहरूको ध्यान पु¥याउनका लागि अपिल गर्दछौं ।
सधन्यवाद ।
कुमार भट्टराई
प्रवक्ता

